sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

लाइसेन्स छपाइ सुरक्षण मुद्रण केन्द्रले गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । छाप्न बाँकी रहेका २८ लाख सवारी चालक अनुमतिपत्रको छपाइ अब सुरक्षण मुद्रण केन्द्रले गर्ने भएको छ । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था विभाग र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुक्षण मुद्रण केन्द्रबिच समझदारीपत्र ((एमओयु) मा हस्ताक्षर भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल र सुक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले सझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । हस्ताक्षरपछि उहाँहरूबिच समझदारीपत्र आदानप्रदान भएको थियो ।

विभागका महानिर्देशक पोखरेलले समझदारीपत्रमा हस्ताक्षर भएसँगै सवारी चालक अनुमतिपत्र छपाइको बाटो खुलेको बताउनुभयो । उहाँले अहिलेदेखि नै आवश्यक तयारी गरी असारदेखि छपाइ सुरु हुने जानकारी दिनुभयो ।

दुई सरकारी निकायबिचको सहकार्यले सवारी चालक छपाइ कार्य चुस्त र पारदर्शी हुने अपेक्षा गरिएको छ ।

दुवै पक्षबिचको समझदारी अनुसार सुरक्षण मुद्रण केन्द्रले आगामी असार मसान्तभित्र प्रथम चरणको छपाइ गरी विभागलाई हस्तान्तरण गर्ने छ । अब सुरक्षण मुद्रण केन्द्रले क्युआर सहितका विभिन्न सुरक्षा विशेषता सहितको सवारी चालक अनुमतिपत्र छपाइ गर्ने छ ।

नवीकरण गरिएको समेत लामो समयसम्म सवारी चालक अनुमतिपत्र नपाउँदा सर्वसाधारणले समस्या भोग्दै आएको अहिलेको अवस्थामा यस सम्झौता अनुसार सवारी चालक अनुमतिपत्र छापिएपछि यस अवस्था अन्त्य हुने विश्वास गरिएको छ ।

तत्काल अनुमतिपत्र नपाउँदा राजस्व तिरेको रसिद बोकेर हिँड्नुपर्ने बाध्यता अन्त्यका लागि नागरिक एपमा चालक अनुमतिपत्र समावेश समेत गरिएको छ ।

अहिले सोही एपमार्फत ट्राफिक प्रहरीले नियमन गर्ने तथा जरिबाना भुक्तानी गराउने कार्यसमेत गर्दै आएको छ ।

prabhu bank
nawakantipur long