sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत भट्टराई अख्तियारको नियन्त्रणमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । बुधबार केहीबेरअघि अख्तियारले उनलाई टंगालस्थित कार्यालयमा लगेको हो ।

भट्टराईलाई मंगलबार बेलुका आकस्मिक रूपमा गृह मन्त्रालयमा सरुवा गरिएको थियो । गृह मन्त्रालयले उनको स्थानमा पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

भट्टराईमाथि भिजिट भिसामा दुबईलगायतका मुलुक जानेबाट रकम असुल्ने गरेको आरोपमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा अख्तियारले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

prabhu bank
nawakantipur long