stcnepal long ad
ime life insurance
global ime bank long

‘साल्ट ट्रेडिङकै कारण दूरदराजका बालबालिकाले समयमै पुस्तक पाएका छन्’

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठले दूरदराजका बालबालिकाहरूले समयमै पुस्तक प्राप्त गर्नुमा साल्ट ट्रेडिङ कर्पोरेशनको महत्त्वपूर्ण योगदान रहेको बताएकी छिन् ।

जनकशिक्षा सामग्री केन्द्रलाई कर्पोरेशनले समयमै छपाइ कागज आयात गरी उपलब्ध गराएपछि समयै पुस्तक छापिएको तथा दूरदराजका बालबालिकाको हातहातमा समयमै पुस्तक पुगेको उनको भनाइ छ ।

आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले उपभोक्ताको सुरक्षाबारे आयोजना गरेको अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘जनक शिक्षा सामग्री केन्द्रलाई समयमै कागज उपलब्ध गराएका कारण दूरदराजका बालबालिकाले समयमै पुस्तक पाएका छन् ।’ कर्पोरेशनले अखबारी कागज तथा अन्य ‘प्रिन्टिङ पेपर’हरूको समेत आयात तथा बिक्रीविरतण गररहेको उनको भनाइ थियो ।

नुनको व्यापारलाई नियमन एवम् उपभोक्तालाई सहज उपलब्धताको सुनिश्चितता दिलाउने उद्देश्यले स्थापित साल्ट ट्रेडिङ कर्पोरेशनले नुनको अलावा अन्य दैनिक अत्यावश्यक वस्तुहरू चामल, दाल, चिनी मैदा, पिठो, रासायनिक मल, अखबारी तथा प्रिन्टिङ पेपर, खाना पकाउने ग्यास लगायत वस्तुहरूको बिक्री वितरण गर्दै आएको जानकारी सीईओ श्रेष्ठले दिइन् ।

साथै, कर्पोरेशनले गहुँको बीउ प्रशोधन गरी कृषकहरूलाई गुणस्तरीय बीउ वितरण गर्दै आएको तथा किसानबाट उत्पादित गहुँ पुनः खरिद गरी मैदा, पीठो सुजी, चोक्कर लगायत वस्तु उत्पादन गरी बिक्री वितरण गर्दै आएको पनि उनले बताइन् ।

‘दुर्गम जिल्लाहरूमा उत्पादिन गेडागुडी र चामल लगायत अन्य खाद्यान्नहरू बिक्री वितरण गर्ने गरिएको छ । दुग्ध विकास संस्थान र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडसँग सहकार्य गरी उत्पादित सामानहरू बिक्री–वितरण गर्ने गरिएको छ,’ उनले भनिन् ।

स्थापनाकालदेखि नै साल्ट ट्रेडिङ कर्पोरेशनले उपभोक्तालाई सर्वोपरी ठानेर गुणस्तरीय वस्तुको बिक्रीवितरण गरी उपभोक्ताको हितलाई सुरक्षित गर्नु कर्तव्य ठानेर आफ्नो गतिविधिहरू अघि बढाइरहेको उनको भनाइ छ ।

कार्यक्रममा उनले साल्ट ट्रेडिङप्रति सदभाव र सहकार्यको हात बढाउन गरेको आह्वानप्रति खुसी व्यक्त गर्दै शरद विक्रम राणा र चण्डिका भट्टप्रति विशेष अआभार व्यक्त गरिन् ।

prabhu mahalaxmi
kumari