नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा आज
साधारण सभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरिएको छैन

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको साधाराण सभा (जेठ ५ गते) आज बस्दैछ ।
साधारण सभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरिएको छैन । साधारण सभाले गत आर्थिक वर्षका सबै वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने र संस्थापक समूहबाट ३ तथा सर्वसाधारण समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ लघुवित्तले वैशाख २१ गते बुक क्लोज गरिसकेको छ । त्यसैले २० गतेसम्म कायम शेयरधनी मात्रै सभामा उपस्थित हुन सक्नेछन् । साधारण सभा, होटल सारथी, धुलिखेलमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।