stcnepal long ad
ime life insurance
global ime bank long

नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा आज

साधारण सभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरिएको छैन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको साधाराण सभा (जेठ ५ गते) आज बस्दैछ ।

साधारण सभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरिएको छैन । साधारण सभाले गत आर्थिक वर्षका सबै वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने र संस्थापक समूहबाट ३ तथा सर्वसाधारण समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले वैशाख २१ गते बुक क्लोज गरिसकेको छ । त्यसैले २० गतेसम्म कायम शेयरधनी मात्रै सभामा उपस्थित हुन सक्नेछन् । साधारण सभा, होटल सारथी, धुलिखेलमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।

prabhu mahalaxmi
kumari