stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ग्लोबल आइएमई बैंक पीसीआई–डीएसएसमा प्रमाणीकरण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई बैंकले पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सेक्युरिटि स्टान्डर्ड (पीसीआई–डीएसएस) मा प्रमाणीकरण प्राप्त गरेको छ ।

पीसीआई सेक्युरिटी स्टान्डर्ड्स काउन्सिलबाट मान्यता प्राप्त क्वालिफाइड सेक्युरिटी असेसर (क्यूएसए) संस्था नेटवर्क इन्टेलिजेन्स मार्फत प्राप्त प्रमाणीकरणसँगै बैंकको डाटा सुरक्षासम्बन्धी प्रणालीको विश्वसनीयता पुष्टि भएको हो । नेटवर्क इन्टेलिजेन्सले कार्ड सुरक्षासम्बन्धी आवश्यक मूल्याङ्कन गरि प्रमाणीकरण प्रदान गरेको छ ।

बैंकले प्रयोगकर्ताको डाटा सुरक्षालाई प्राथमिकता दिँदै आन्तरिक नियन्त्रण प्रणाली सुदृढ पार्न आवश्यक सुरक्षा डिजाइन र कार्यान्वयनमा विशेष ध्यान दिएको जनाएको छ। पीसीआई–डीएसएस प्रमाणीकरणले बैंकको निरन्तर सुधारको प्रयास र डाटा सुरक्षाप्रतिको प्रतिबद्धतालाई स्वतन्त्र रूपमा पुष्टि गरेको छ ।

यससँगै, ग्लोबल आइएमई बैंकले हालै ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनीको अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालकै सर्वश्रेष्ठ बैंकको उपाधि प्राप्त गरेको छ।

देशभर ७७ वटै जिल्लामा सेवा विस्तार गरिसकेको यो निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकसँग ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रहरू सञ्चालनमा छन्।

ग्लोबल आइएमई बैंकले नेपालभित्र मात्र नभई अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, मलेशिया, साउदी अरब, कतार, यूएई लगायत विभिन्न मुलुकबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आइरहेको छ।

prabhu mahalaxmi
kumari