sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

नेरुडे मिर्मिरे लघुवित्तको जेठ १० वार्षिक साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको जेठ १० वार्षिक साधारण सभा बस्ने भएको छ । सभा होटल सारथी, धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

कम्पनीले यसपटक लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन । साधारण सभामा आर्थिक वर्ष २०८०/८१ सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८०/८१ लेखा परिक्षण प्रतिवेदन, वासलात, अन्य वित्तीय विवरणहरु लगायतका संलग्न अनुसूचीहरु समेत पारित गर्ने प्रस्ताव छ ।

यसैगरी, कम्पनीले आर्थिक वर्ष २०८१/२०८२ को लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु समेत पारित गर्ने तयारी गरेको छ ।

साधारण सभा प्रयोजनका लागि संस्थाले वैशाख २१ गते बुक क्लोज गरिसकेको छ । वैशाख २० गतेसम्म कायम रहेका सेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

prabhu bank
nawakantipur long