stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरण अनुसार इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमाससम्म कम्पनीले २६ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म इन्स्योरेन्स कम्पनीले ४६ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ४३.३१ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म इन्स्योरेन्स कम्पनीको विशेष जगेडामा १ अर्ब ८१ करोड २४ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड २२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १२ करोड ५२ लाख रुपैयाँ र अन्य इक्विटीमा ५५ करोड ४२ लाख रुपैयाँ रहेको छ।

अघिल्लो वर्ष असार मसान्तसम्म विशेषा जगेडामा १ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ७ करोड ८९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३० करोड ३६ लाख रुपैयाँ र अन्य इक्विटीमा ५३ करोड ८० लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म इन्स्योरेन्स कम्पनीको बीमा कोषमा ४ अर्ब ६१ करोड ७१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बीमा कोषमा ४ अर्ब ५५ करोड ४८ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषको आकार २।०१ प्रतिशतले बढेको छ।

तेस्रो त्रैमाससम्म इन्स्योरेन्स कम्पनीले २ अर्ब ५३ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म इन्स्योरेन्स कम्पनीले २ अर्ब २८ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १०.९३ प्रतिशतले बढेको छ।

कम्पनीले समीक्षा अवधिसम्म ९२ करोड ९१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म इन्स्योरेन्स कम्पनीले ८६ करोड ७३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क ७.१२ प्रतिशतले बढेको छ।

शेयरपुँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ११.६७ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २०.५८ रुपैयाँ थियो। पीई रेसियो ४८.४३ गुणा रहेको इन्स्योरेन्स कम्पनीको प्रतिशेयर नेटवर्थ १८५.३० रुपैयाँ रहेको छ।

prabhu mahalaxmi
kumari