stcnepal long ad
ime life insurance
national life
global ime bank long

दोर्दी खोला जलविद्युतको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले चैत १९ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (वैशाख ८) अन्तिम दिन रहेको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा प्रतिशेयर १०० अंकित दरका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद खुला गरेको छ ।

दरखास्त फाराम भने कम्पनीको कर्पोरेट कार्यालय, त्रिपुरेश्वर, बक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड, नक्साल काठमाडौं वा सानिमा बैंकका विराटनगर, पर्सा, कास्की, रुपन्देही, बाँके, सुर्खेत, धनगढी, लमजुङमा पाइनेछ । सोही स्थानमा फाराम तथा रकम जम्मा गर्न सकिने बताइएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपियाँ रहेकोमा हकप्रद निष्कासन र बाँडफाँटपछि २ अर्ब १० करोड ८५ लाख २० हजार रुपियाँ कायम हुनेछ ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

IME Lifesidebar
kumari