sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

सम्पदा लघुवित्तको आठौं वार्षिक साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सम्पदा लघुवित्तले आठौं वार्षिक साधारण सभा आज (वैशाख ६ गते) बस्दैछ । साधारण सभामा कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । यसर्थ, यसपटक सेयरधनीको खाली हात हुनेछ ।

साधारण सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २६ गते बुक क्लोज गर्ने गरिसकेको छ । यसर्थ, चैत २५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । साधारण सभा मर्स्याङ्दी रिभर भ्यू, बन्दिपुर तनहुँमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

gold
prabhu bank
nawakantipur long