stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

स्वाभिमान लघुवित्तले आठौं वार्षिक साधारण सभा शाख १९ गते

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्न आठौं वार्षिक साधारण सभा बोलाएको छ। लघुवित्त कम्पनीको चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।

साधारण सभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ।

त्यस्तै रिक्त सञ्चालक पदमा मनोनयन गर्ने, कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने र सोही बमोजि प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा वैशाख १० गतेसम्म कायम शेयरधनीहरू मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

साधारण सभा आगामी वैशाख १९ गते शुक्रबार तिलोत्तमा–५, रुपन्देहीस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि शुरू हुनेछ।

prabhu mahalaxmi
kumari