stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ट्रेड टावरले पायो आईपीओ निष्काशनको अनुमति

सर्वसाधारणका लागि ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर जारी गर्दै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने अनुमति पाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट चैत २५ गते अनुमति पाएको हो।

कम्पनीले कुल ८१ लाख ५६ हजार ९७ कित्ता सेयर मध्ये सर्वसाधारणका लागि ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर छुट्याइएको छ।

कम्पनीको कुल सेयरमध्ये ४८.६९६ प्रतिशत सर्वसाधारणको सेयर रहनेछ भने बाँकी ५१.३० प्रतिशत प्रवर्धकहरूको हिस्सा हुनेछ।कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

सन् २००६ मा स्थापना भएको ट्रेड टावर लिमिटेड (पूर्व नाम कञ्चनजङ्घा हाउसिङ लिमिटेड) को नेतृत्वमा सञ्चालनमा आएको ट्रेड टावर ग्रुप नेपालमा लिजिङ, फाइनान्सिङ तथा पूर्वाधार विकासका क्षेत्रमा सक्रिय छ।

कम्पनीले हालै हस्पिटालिटी क्षेत्रतर्फ समेत आफ्नो लगानी विस्तार गरेको छ। कम्पनीका अनुसार हाल विकास भइरहेको पूर्वाधार तथा परियोजनासँगै हस्पिटालिटी क्षेत्रलाई समेत अगाडि बढाउने योजना बनाइएको छ।

ट्रेड टावर ग्रुपका विविध व्यवसाय, परियोजना र पोर्टफोलियोहरूमार्फत कम्पनीले नेपालको आर्थिक विकासमा योगदान पुर्‍याउँदै आएको जनाएको छ ।

prabhu mahalaxmi
kumari