stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

एआईजी दिपक थापा आईजीपीमा बढुवा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

भक्तपुर सिपाडाेलमा जन्मिएर हाल भैसेपाटी ललितपुरमा बसाेवास गर्दै आएका केन्द्रीय अनुसन्धान व्युराेका प्रमुख एआईजीपी दिपक थापालाई सरकारले आज नेपाल प्रहरीकाे ३१ ओैं आईजीमा बढुवा गरेकाे छ। २०५२ साल भदौ १९ गते प्रहरी सेवामा प्रहरी निरीक्षक पदमा भर्ना भएका थापा एआईजी बनेको दुई सातापछि सुदीप गिरी र टेक बहादुर तामाङ एआईजीमा बढुवा भएका थिए।

नवनियुक्त आईजीपी थापा २०८२ भदौ १९ गतेसम्म सेवामा रहनेछन्। त्यसपछि ३० वर्षे सेवा अवधिका कारण अवकाश हुनेछन्। तर ३० वर्षे सेवा अवधि हटने गरी ल्याइएको संघिय प्रहरी ऐन विधेयक संसद्‌बाट पारित भएमा सेवा अवधि थप हुन सक्नेछ। संघिय प्रहरी ऐन विधेयक संसद्‌मा विचाराधीन अवस्थामा छ।

सिआईबी प्रमुख रहेका थापाले यसअघि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र एआईजीमा बढुवा भएपछि प्रशासन विभाग प्रमुखका रूपमा काम गरिरहेका छन।

थापाले प्रहरी निरीक्षक हुँदा इलाका प्रहरी कार्यालय बनेपा, इलाका प्रहरी कार्यालय गरुडा, रौतहटको इन्चार्ज भएर काम गरेका थिए। नेपाल प्रहरी स्कुल साँगा, प्रहरी स्कुल दिपायल, इलाका प्रहरी कार्यालय मैकोट रुकुम, इलाका प्रहरी कार्यालय कात्तिके देउराली काभ्रे र प्रहरी प्रधान कार्यालयको कर्मचारी शाखामा रहेर काम गरेका थिए।

त्यसपछि डिएसपीमा बढुवा भएका थापाले विभिन्न युनिट सम्हालेका छन। जसमा जिल्ला प्रहरी कार्यालय खोटाङ, प्रधानमन्त्री सुरक्षा कार्यालय बालुवाटार, प्रहरी वृत्त महाराजगन्जमा थापाले कमान्ड सम्हालेका छन।

डिएसपीमै इलाका प्रहरी कार्यालय बुटवल, हेडक्वार्टरको कर्मचारी प्रशासन शाखा, जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी, मकवानपुरमा पनि काम गरेका थिए। एसपीमा बढुवा भएपछि अख्तियारको कोहलपुर र बुटवल कार्यालयमा काम गरेका उनी चितवन जिल्लाको प्रहरी प्रमुख बनेका थिए।

प्रहरी प्रधान कार्यालयको बजेट शाखामा पनि उनले काम गर्ने अवसर पाएका थिए। एसएसपीमा बढुवा भएपछि आर्थिक प्रशासन महाशाखा र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख बनेका थिए।

त्यसपछि वृत्ति विकास महाशाखा, प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा पनि काम गरेका थिए। डिआईजीमा बढुवा भएपछि उनी प्रबन्ध निर्देशनालयमा पदस्थापन भएका थिए।

यसका अलवा थापाले बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पनि सम्हालेका थिए। छोटो समयमै एआईजीमा बढुवा भएपछि सबैभन्दा आकर्षक कार्यालयमा थापाले जिम्मेवारी पाएका थिए।

थापा पछिल्ला हरेक सरकारका रोजाइमा पर्दा छानीछानी पोस्टिङ पाउन सफल भएका थिए। उनले एसएलसी दिएपछि केही समय भक्तपुरकाे कटुन्जेकाे एक स्कुलमा पनि केही समय अध्यापन गराएका थिए।

prabhu mahalaxmi
kumari bank
kumari