sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

राष्ट्रिय वाणिज्य बैंकको नयाँ अभियान सार्वजनिक

आईफोन १६ जित्ने मौका

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ‘टपअप र फोनपे डाइरेक्ट गरौं बम्पर उपहार जितौं’ भन्ने अभियान सार्वजनिक गरेको छ ।

यस अभियान अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनुका साथै बम्पर उपहार आईफोन १६ प्राप्त गर्न सक्नेछन् । यस अभियानको मुख्य उद्देश्य राष्ट्रिय वाणिज्य बैंकको ग्राहकहरूलाई डिजिटल कारोबार गर्न प्रेरित गर्नु हो ।

बैंकले मोबाइल टपअप र फोनपे डाइरेक्ट कारोबारलाई प्रवर्द्धन गर्दै डिजिटल बैंकिङलाई सहज र सजिलो बनाउन चाहन्छ ।

यस अभियानमा सहभागी हुन ग्राहकहरूले आरबीबी डिजिटल संसार मोबाइल बैंकिङ एपमार्फत कम्तीमा १०० को मोबाइल टपअप र कम्तीमा ५०० को फोनपे डाइरेक्ट कारोबार गर्नुपर्ने बैंकले जनाएको छ ।

यी कारोबार पूरा गर्ने ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि योग्य बन्न सक्छन् । यस अभियान  अन्तर्गत हरेक हप्ता १०० जना भाग्यशाली विजेताले १०० को मोबाइल टपअप प्राप्त गर्नेछन् ।

त्यसैगरी अभियानको अन्त्यमा एक भाग्यशाली ग्राहकलाई नयाँ आईफोन १६ प्रदान गरिनेछ । यो अभियान चैत्र १ गते देखि चैत्र ३१ गते सम्म सञ्चालन हुने बैंकले जनाएको छ ।

gold
kumari bank
nawakantipur long