काठमाडौं उपत्यकाका केही स्थानमा आज बिजुली आपूर्ति अवरुद्ध हुँदै

काठमाडौं । काठमाडौं उपत्यकाका केही स्थानमा बिजुली आपूर्ति अवरुद्ध हुँदैछ । नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सदृढीकरण आयोजना खरिपाटी, भक्तपुरका अनुसार आज (फागुन २०) बल्खु चोकदेखि त्रिभुवन विश्वविद्यालयको गेटसम्मका क्षेत्रमा विद्युत् कटौती हुनेछ ।
कीर्तिपुर फिडर अन्तर्गत विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
बिजुली बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म जानेछ ।
साथै मौसम प्रतिकूल रहेमा सटडाउन नहुने पनि प्राधिकरणले जनाएको छ ।