stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

धितोपत्र बोर्ड र प्राधिकरणविरुद्ध अदालत जाने तयारीमा सेयर लगानीकर्ता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा केही लगानीकर्ताहरू नेपाल धितोपत्र बोर्ड र बिमा प्राधिकरण विरुद्ध अदालत जाने भएका छन्।

बोर्ड र प्राधिकरणले ऐन विपरीत बिमा कम्पनीहरूलाई प्रिमियम रकमसहित आइपिओ जारी गर्न दिएको भन्दै लगानीकर्ताहरू अदालत जान लागेका हुन्। बिहीबार लगानीकर्ताहरूको भेलाले यस्तो निर्णय गरेको हो।

बिमा ऐन विपरीत यसरी प्रिमियममा आइपिओ जारी गर्न दिएकाले लगानीकर्ताहरू अदालत जाने निर्णय गरेको एक लगानीकर्ताले बताए ।

बिमा ऐन २०७९ को दफा ४५ को ५ मा बिमकले सर्वसाधारणबाट सेयर खरिदका लागि दरखास्त आह्वान गर्दा सेयरको अङ्कित मूल्यको शतप्रतिशत रकम माग गर्नुपर्नेछ, ’भनेर उल्लेख गरिएको छ। प्रतिकित्ता एक सय रुपैयाँ मूल्यलाई अङ्कित मूल्य भनिन्छ। यही व्यवस्थालाई देखाउँदै लगानीकर्ताहरू अदालत जाने तयारीमा छन् ।

prabhu mahalaxmi
kumari