evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

सेयर लगानीकर्ताहरुको महासंघ बन्दै, अनलाइनबाट भोटिङ !

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सेयर लगानीकर्ताहरुले महासंघ गठन गर्ने भएका छन् । आर्थिक विधेयक मार्फत सरकारले ल्याएको कर नीति खारेज गर्ने सहमति भएसँगै लगानीकर्ता तिलक कोइरालाले लगानीकर्ताहरुको महासंघ गठन गर्ने बताएका हुन् ।

सेयर बजारमा लगानीकर्ताका विभिन्न संगठनहरु भए पनि सबैमा ऐक्वद्धता नहुँदा बेलाबेलामा समस्या आईपरिरहने कोइरालाको भनाई छ ।

‘सारा लगानीकर्ता एक भयौँ भने जस्तोसुकै परिस्थितिको पनि खुलेरै सामना गर्न सकिन्छ र त्यसमा जित पनि सम्भव छ ।’, उनले भने, ‘यही आवश्यकतालाई ध्यानमा राख्दै सेयर लगानीकर्ताहरुको एउटै महासंघ गठन गरिने भएको हो ।’

त्यस्तै, सोमबार दिउँसो काठमाडौंको माइतीघरमा एक कार्यक्रमकाबीच माग सम्बोधन भएकोप्रति बधाई साटासाट र लगानीकर्ताको एउटै महासंघ गठन कार्यक्रम रहेको जानकारी दिएका छन् ।

कोइरालाका अनुसार लगानीकर्ताको महासंघका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिनेछ र नयाँ नेतृत्वका लागि लगानीकर्ताले अनलाइन भोटिङ गर्नेछन् ।

लगानीकर्ता मर्कामा पर्दा एउटै साझा आवाज उठाउने संस्था निर्माणका लागि लगानीकर्ताको जोडबलकै कारण महासंघ गठन गर्न लागिएको कोइरालाले बताएका छन् ।

 

himalayan life insurance
igi long