stcnepal long ad
himalayan Everest Insurance long ad
Himalayan bank

नेपाल स्टक एक्सचेन्जमा ५ कम्पनीको बोनस सेयर सूचीकृत

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आइतबार ५ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । जसमा सबैभन्दा धेरै सांग्रिला डेभलपमेन्ट बैंकको २५ लाख ६९ हजार २२०.५४ कित्ता (८.५३४ प्रतिशत) र एनएलजी इन्स्योरेन्सको १३ लाख २६ हजार ६१४.३६ कित्ता (१० प्रतिशत) बोनस सेयर रहेको छ ।

यस्तै, इन्फिनिटी लघुवित्तको ८ लाख २९ हजार २६.५६ (२० प्रतिशत), लक्ष्मी लघुवित्तको ५ लाख ७६ हजार ८१ कित्ता (१५प्रतिशत) र सबैको लघुवित्तको ४ लाख ८६ हजार कित्ता (१८प्रतिशत) बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ ।

सबै कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट यो बोनस सेयर वितरण गरेका थिए । सोही बोनस सूचीकरण गरिएको हो ।

himalayan life insurance
igi long