citizens life insurance long ad
stcnepal long ad

नेप्सेमा उच्च अङ्कको गिरावट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। यो साता कारोबारको पहिलो दिन आज पुँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव ९७ अङ्कले घटेर एक हजार आठ सय ८५ दशमलव ३१ अङ्कमा कायम भएको छ ।

आज दुई सय ५३ कम्पनीको ३५ लाख १२ हजार आठ सय ३४ कित्ता सेयर २४ हजार छ सय ४४ पटक खरिद बिक्री हुँदा रु एक अर्ब १० करोड ३४ लाख चार हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा २५ कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ८० कम्पनीको मूल्य घटेको छ ।

आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको उपसूचक ९८ दशमलव ४० अङ्कले र उत्पादन समूहको उपसूचक ८२ अङ्कले घटेको छ ।

नेप्सेका अनुसार बैंकिङ समूह ३० दशमलव ८०, विकास बैंक समूह ४७ दशमलव ९१, वित्त समूह २० दशमलव ९९ र होटल तथा पर्यटन समूह २७ दशमलव ६१ अङ्कले घटेको छ ।

त्यस्तै जलविद्युत् समूह २६ दशमलव ६१, लगानी समूह शून्य दशमलव ६९, जीवन बीमा समूह ७८ दशमलव ४४, लघुवित्त समूह ५५ दशमलव ३४, म्युचुलअ फन्ड समूह शून्य दशमलव १३ र अन्य समूह २१ दशमलव ०८ अङ्कले घटेको छ ।

आजको कारोबारमा सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै समता लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य नौ दशमलव ९९ र मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको मूल्य नौ दशमलव ५० अङ्कले बढेको छ ।

त्यस्तै नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको रु १० करोड ९३ लाख ६७ हजार नौ सय २६ बराबरको दुई लाख तीन हजार छ सय २० कित्ता सेयर खरिद बिक्री भएको छ ।

IME Life
kumari