stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेप्से परिसूचक दोहोरो अङ्कको गिरावट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । परिसूचक २४ दशमलव ४६ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ७६ अङ्कमा कायम भएको हो ।

आज दुई सय ४० वटा कम्पनीको ४१ लाख २७ हजार दुई सय ८६ कित्ता शेयर २६ हजार चार सय ७५ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ६७ करोड चार लाख ५५ हजार बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा १४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ८१ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

त्यस्तै, सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ३५ दशमलव ९२ अङ्कले घटेको छ भने उत्पादन समूहको उपसूचक एक सय २३ दशमलव ४७ अङ्कले घटेको छ ।

बैंकिङ समूह नौ दशमलव ७८, विकास बैंक समूह ५३ दशमलव २१, वित्त समूह ३७ दशमलव ७५, होटल तथा पर्यटन समूह ३५ दशमलव ७४ र जलविद्युत् समूह ३५ दशमलव ०३ अङ्कले घटेको नेप्सेले जनाएको छ ।

त्यस्तै, लघुवित्त समूह ५८ दशमलव ५७, निर्जीवन बीमा समूह ९१ दशमलव ९५, व्यापार समूह २६ दशमलव २९, लगानी समूह शून्य दशमलव ६९ र अन्य समूह २८ दशमलव २७ अङ्कले घटेको छ । कारोबारपछि सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सबैभन्दा धेरै तीन दशमलव १२ प्रतिशतको वृद्धि देखिएको छ ।

त्यस्तै, सबैभन्दा धेरै अजोड इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले सात दशमलव ३७ प्रतिशतका दरले गुमाएका छन् ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै रिडी पावर कम्पनी लिमिटेडको ३० करोड ८३ लाख ५७ हजार र शिवम् सिमेन्टको २० करोड २३ लाख ४६ हजार छ सय ६२ कित्ता बराबर कारोबार भएको छ ।

prabhu mahalaxmi
kumari