आज जेठ ६ गते शुक्रबार पनि सेयर कारोबार हुने
काठमाडौं । नेपाल सरकारले २०७९ जेठ १ गते देखि लागू हुने गरी शनिबार र आइतबार साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोही अनुसार अब शुक्रबार पनि सेयर बजार खुला हुनेछ । तर आइतबार भने बजार बन्द हुनेछ ।
सरकारी निर्णयसँगै नेप्सेमा पनि शनिबार र आइतबार साताको दुई दिन सार्वजनिक बिदा हुनेछ । नेप्सेको वैशाख २१ गते बसेको सञ्चालक समितिले बैठकले जेठ देखि लागू हुने गरी शुक्रबार पनि कारोबार खोल्ने निर्णय गरेको थियो ।
सोही अनुसार आज जेठ ६ गते शुक्रबार सेयर कारोबार खुल्ने नेप्सेले जनाएको छ ।























