citizens life insurance long ad
stcnepal long ad

शुक्रबार डलरको भाउ उकालो लाग्ने क्रम जारी

डलरको भाउले शुक्रबार पुनः नयाँ रेकर्ड बनाए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अमेरिकी डलरको भाउमा निरन्तर वृद्धि हुँदै डलरको भाउले शुक्रबार पुनः नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार १ डलरको भाउ (बिक्रीदर ) १२४ रुपैयाँ ६७ पैसा कायम भएको छ ।

यस्तै, खरिद दर पनि १२४ रुपैयाँ ०७ पैसा कायम भएको छ । डलर महँगो हुनुको अर्थ नेपाली रुपैयाँ कमजोर हुनु हो । पछिल्लो समय भारतीय रुपैयाँ (भारु ) पनि निरन्तर कमजोर बन्दै गएको छ ।

 

 

भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर कायम भएकाले भारतीय रुपैयाँ कमजोर हुनु भनेको पनि नेपाली रुपैयाँ पनि कमजोर हुनु हो । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ ।

निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ । पर्यटनबाट आम्दानी गर्न सके यसमा पनि फाइदा हुन्छ ।

IME Life
kumari