सेयर बजार २२.११ अंकले घटयो
/fhwfgLsf] OGb«rf]sdf gfu k~rdLsf nfuL gfusf] kmf]6f] a]Rb} dlxnf . tl:j/ M lah' dxh{g, sflGtk'/
काठमाडौं । सेयर बजार आज माघ २६ गते बुधवार पनि घटेको छ । हिजो मङ्गलवार १६ अङ्कले घटेको सेयर बजार परिसूचक नेप्से आज २२.११ अंकले घटेर २८१३.४७ विन्दुमा झरेको छ ।
आज सबै समूहको सेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक र व्यापार समूहको सेयर उच्च अंकले ओरालो लागेको छ ।
आज कारोबार रकम र संख्यामा पनि कमी आएको छ । ६५ लाख २० हजार कित्ता शेयर तीन अर्ब ४७ करोड ११ लाख रुपैयाँमा कारोबार भएको छ ।
आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको १८ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै बुद्धभूमि नेपाल हाइड्रोको सेयर ६.५ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि लिबर्टी इनर्जीको सेयर तीन प्रतिशतले बढेको छ ।




















