नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सिइओमा कृष्णबहादुर कार्की नियुक्त
माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्ति गर्ने निर्णय गरेको हो ।
/fhwfgLsf] OGb«rf]sdf gfu k~rdLsf nfuL gfusf] kmf]6f] a]Rb} dlxnf . tl:j/ M lah' dxh{g, sflGtk'/
काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्की नियुक्त गरेको छ। माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्ति गर्ने निर्णय गरेको हो ।
त्यसअघि छनोट समितिले ११ आवेदकबाट ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो। ती ५ जनामध्येबाट छनोट समितिले कार्की, रमेश भण्डारी र केशव श्रेष्ठको नाम सर्टलिस्टमा पारेको थियो। कार्की बुढीगण्डकी आयोजनाका प्रमुख पनि हुन्।
नेप्सेका तत्कालीन सीईओ डा.चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको सेयरको भित्री कारोबारमा मुछिएपछि गत भदौ ८ गते पदबाट राजीनामा दिएका थिए। साउदले राजीनामा दिएको झन्डै साढे ५ महिनापछि नेप्सेले नयाँ सीईओ पाएको छ।























