citizens life insurance long ad
stcnepal long ad

नेप्सेमा २.६६ अंकले गिरावट, कारोबार पनि घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । धितोपत्र कारोबार साताको तेस्रो दिन आज पुस १३ गते मंगलबार सेयर बजारमा झिनो गिरावट आएको छ।

आज बजार २.६६ अंकले ओरालो लागेको छ। योसँगै नेप्से परिसूचक २५१८.९९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०।९१ अंकले घटेर ४७०.९८ को विन्दुमा ओर्लेको छ। कारोबार रकम हिजोको तुलनामा घटेर सवा ३ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

लगानीकर्ताहरू सेयर बजार केही दिन बढेकाले बजारमा करेक्सन आएको बताउँछन्। अल्पकालीन लगानीकर्ताले नाफा बुक गर्दा हिजो जारमा करेक्सन आएको हो। आज बजार स्थिर बनेको छ। बजार बढ्दामात्रै कारोबार बढ्ने हुँदा आज कारोबार घटेको छ।

बजार अब तल जाने सम्भावना नरहेको देखिन्छ । तरलता सहज हुने केही आधारहरु छन्। विकास निर्माणको काम बढ्दै जाने र स्थानीय चुनाव हुने भएमा तरलता सहज हुन्छ। पुस मसान्तमा ब्याज तिर्नुपर्ने भएकोले पनि बजारमा हिजो र आज करेक्सन आएको हुन सक्ने भनाइ छ।

सक्रिय लगानीकर्ताहरू राजनीतिक दलका नेतृत्वहरुले बेला–बेलामा सेयर बजारबारे टिप्पणी गर्दा त्यसको असर देखिने गरेको बताउँछन्। अहिलेको अवस्थामा बजार केही समय अझै साइडवेजमै चल्न सक्ने सेयर विश्लेषकहरूको भनाइ छ। सेबोन र नेप्सेमा प्रमुख नियुक्ति भएपछि बजार सकारात्मक महौल बन्न सक्ने देखिन्छ ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ।

आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक २.०७ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह ०.९१ प्रतिशतले बढेको छ। आज व्यापार समूहमा ०.६४ प्रतिशत, विकास बैंक समूहमा ०.११ प्रतिशत, वित्त समूहमा ०.७२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.०७ प्रतिशत र अन्य समूहमा ०.१७ प्रतिशतको बढोत्तरी भएको छ।

आज लघुवित्त समूह सर्वाधिक ०.५४ प्रतिशतले ओरालो लागेको छ। बैंकिङ समूह ०.५१ प्रतिशतले घटेको छ। आज होटेल तथा पर्यटन समूहमा ०.३५ प्रतिशत, वित्त समूहमा ०.३१ प्रतिशत, जीवन बीमा समूहमा ०.२७ प्रतिशत, म्युचुअल फन्डमा ०.४६ प्रतिशत र लगानी समूहमा ०.४७ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३० कम्पनीका ५८ लाख २८ हजार ७८३ कित्ता सेयर ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३२ रुपैयाँको कारोबार भएको छ। आज हिमालयन डिस्टिलरीको सर्वाधिक २६ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

नबिल बैंकको २५ करोड ३७ लाख रुपैयाँबराबरको कारोबार भएको छ। आज नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ८४ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको १२ करोड ४५ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ९० लाख रुपैयाँ, शिवम सिमेन्टको ८ करोड ३१ लाख रुपैयाँ, अपी पावरको ७ करोड ५९ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ५ करोड ९३ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ५ करोड ८१ लाख रुपैयाँ र गोर्खाज फाइनान्सको ५ करोड ६६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज मध्य भोटेकोशी जलविद्युतका सेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।

आज गोर्खाज फाइनान्सका सेयरधनीहरुले सर्वाधिक गुमाएका छन्। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।

IME Life
kumari