नेप्सेमा भारी करेक्सन तर कारोबार बढ्दै
काठमाडौं । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन आज २०७८ पुस १२ गते सोमबार सेयर बजारमा भारी करेक्सन आएको छ। बजार आज ६९.७७ अंकले ओरालो लागेको छ।
योसँगै नेप्से परिसूचक २५२१.६५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.८५ अंकले घटेर ४७१.८९ को विन्दुमा ओर्लेको छ। तर कारोबार रकम साँढे ५ अर्ब रुपैयाँ बढीको भएको छ।
सेयर विश्लेषकहरू बजार केही दिनदेखि बढेकोले आज करेक्सन आएको बताउँछन्। विलासिताका सामानको आयात रोकिँदै व्यापारीसँगै रहेको १५–२० अर्ब रुपैयाँ सेयर बजारमा आउँदा बजार बढेको थियो। त्यो बराबरको पैसाको सेयर खरिद भइसकेको र बढेको बजारबाट नाफा बुक गर्दा बजारमा करेक्सन आएको हो।
बजार बुलिस ट्रेन्डमै रहेकोले पुस महिनापछि बजारले गति लिन सक्ने विश्लेषण रहेको छ। अहिले ब्याजको जोहो गर्न पनि केही लगानीकर्ताले सेयर बजार घटेको हुन सक्छ ।
सक्रिय लगानीकर्ताहरू भन्छन( पछिल्लो एक सातादेखि बजार लगातार बढेकोले आज करेक्सन आएको हो। यसलाई स्वाभाविक रुपमा लिनुपर्छ, आत्तिहाल्नुपर्ने अवस्था छैन।
करेक्सनले बजार थप मजबुत बनाउँछ। कारोबारले साथ दिइरहेकोले बजारमा सकारात्मक नै महौल रहेको बुझ्न सकिन्छ ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। आज निर्जीवन बीमा समूह सर्वाधिक ५.१५ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह ४.६२ प्रतिशतले घटेको छ।
आज बैंकिङ समूहमा १.५६ प्रतिशत, व्यापार समूहमा २.५३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.३७ प्रतिशत, विकास बैंक समूहमा ३.९२ प्रतिशत, जलविद्युत समूहमा ३.८३ प्रतिशत, वित्त समूहमा ३.३१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.७२ प्रतिशत, लघुवित्त समूहमा २.३७ प्रतिशत, जीवन बीमा समूहमा १.९९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०६ प्रतिशत र लगानी समूहमा ३.७३ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु:
आज नेप्सेमा सूचीकृतमध्ये २३८ कम्पनीका १ करोड २ लाख ९२ हजार २२६ कित्ता सेयर ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७१ रुपैयाँमा किनबेच भएका छन्।
आज नबिल बैंकको सर्वाधिक ३० करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको २६ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
यसैगरि आज नेपाल लाइफ इन्स्योरेन्सको २४ करोड ९७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २१ करोड ४१ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको १८ करोड ३५ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको १२ करोड ४३ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १२ करोड १५ लाख रुपैयाँ, अपी पावरको ११ करोड ४७ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ११ करोड २१ लाख रुपैयाँ र निर्धन उत्थान लघुवित्तको १० करोड ९९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने:
आज गोर्खाज फाइनान्स र मध्य भोटेकोशी जलविद्युतका सेयरधनीहरु मालामाल भएका छन्। यी दुवै कम्पनीको सेयरभाउमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको छ।
आज पुस १२ गते जोशी हाइड्रोपावरको सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ९ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ। पवनरञ्जितबाट


























