stcnepal long ad
nabil bank
macchha(MBL)

सेयर बजारमा सामान्य गिरावट

Nimb long ad
Prabhu Insurance Long Ad

 

काठमाडौं । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आज कार्तिक २८ गते सेयर बजार झिनो अंकले ओरालो लागेको छ। आज बजार १.३८ अंकले घटेको छ। योसँगै नेप्से परिसूचक २६८८.९२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ०.२५ अंकले बढेर ५०२.४४ को विन्दुमा पुगेको छ भने कारोबार रकम ४ अर्ब रुपैयाँ बढीको भएको छ।

सेयर लगानीकर्ताहरू आज सेयर बजारमा धेरै मोलमोलाइ भएको बताउँछन्। लगानीकर्ताले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षा कुरिरहेको देखिन्छ । समीक्षामा सीडी रेसियो र ४–१२ करोडको कर्जा क्यापमा केही परिवर्तन नगरी पनि तरलता व्यवस्थापन हुन सक्छ।

अब सेयर बजार २६५० भन्दा तल आउने सम्भावना कम रहेको छ। धेरै लगानीकर्ताहरूले बजार फेरि माथि नै जाने सम्भावना रहेको आकंलन गरेका छन्।

राष्ट्र बैंकले ब्याजदरलाई नियन्त्रणमा राख्नुपर्ने देखिन्छ। सम्भवतः राष्ट्र बैंकले ब्याजदर माथि जान पनि दिँदैन। आज राष्ट्र बैंकले आधार व्याजदरको १० प्रतिशत मात्र व्याजदर बढाउन पाउने निर्देशन दिएको छ। यसले पनि सकारात्मक प्रभाव पार्न सक्छ।

अहिले लगानीकर्ताहरु पर्ख र हेरको अवस्था रहेका छन्। अहिले बजार धेरै तल जाने वा माथि जाने अवस्था छैन। १००–२०० अंकको तलमाथि सामान्य हो। मौद्रिक नीतिको समीक्षा कस्तो आउँछ, त्यसले बजारको बाटो निर्धारण गर्छ। अहिलेको अवस्थामा राम्रा कम्पनी छनोट गरी लगानी गर्दा फाइदा नै हुने देखिन्छ। अहिले उत्साहित हुनुपर्ने अवस्था पनि छैन, सारै डराइहाल्नुपर्ने अवस्था पनि छैन। बजार केही समय साइडवेजमा जान सक्छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। आज विकास बैंक समूह सर्वाधिक ३.१२ प्रतिशतले उकालो लागेको छ। अन्य समूह १.८७ प्रतिशतले बढेको यो दिन वित्त समूहमा १.१८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.०९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८२ प्रतिशत, लघुवित्त समूहमा ०.०८ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.२० प्रतिशतको बढोत्तरी भएको छ।

आज लगानी समूह सर्वाधिक ३.६२ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह १.१४ प्रतिशतले घटेको छ। यस्तै जलविद्युत समूहमा ०.१० प्रतिशत, जीवन बीमा समूह ०.४५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४६ प्रतिशत र बैंकिङ समूहमा ०.४१ प्रतिशत ओरालो लागेको छ।

आज नेप्सेमा सूचीकृतमध्ये २३० कम्पनीका ७४ लाख ३४ हजार ५३७ कित्ता सेयर ४ अर्ब ९ करोड ६२ लाख १९ हजार ५२५.४० रुपैयाँमा किनबेच भएका छन्। महालक्ष्मी विकास बैंकको सर्वाधिक २७ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आईसीएफसी फाइनान्सको २४ करोड २८ लाख रुपैयाँबराबरको कारोबार भएको छ। आज नबिल बैंकको १६ करोड ६७ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको १६ करोड २३ लाख रुपैयाँ, साहस ऊर्जाको १३ करोड ४४ लाख रुपैयाँ, अरुण काबेली पावरको १३ करोड ८ लाख रुपैयाँ, अपी पावको १३ करोड ३ लाख रुपैयाँ, एचआईडीसीएलको १० करोड ८१ लाख रुपैयाँ, ज्योति विकास बैंकको १० करोड ६३ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको ९ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज ४ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। बोटलर्स नेपाल (तराई) को सेयरमूल्यमा १० प्रतिशत तथा मानुषी लघुवित्त, तेह्रथुम पावर र महालक्ष्मी विकास बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।

यसैगरि एचआईडीसीएलका सेयरधनीहरुले सर्वाधिक गुमाएका छन। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।

ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति राम्रै देखिन्छ। त्यहाँ केही नयाँ लगानीकर्ता डिम्याट तथा केवाईसी खोल्न र अपडेट गर्न व्यस्त रहदै आएका थिए भने पुराना लगानीकर्ताहरु आफ्नो मोबाइलमा बजार हेर्नमै मस्त भएको देखिन्थ्यो।
लगानीकर्ताले खरिद बिक्री सेयर समयमै खातामा नपठाएको गुनासो गर्दै आएका छन। समयमै खातामा सेयर जम्मा नहुने समस्या अहिले देखिएको छ।

एउटाले कमाउने र अर्कोले गुमाउने सेयर बजारको सामान्य नियम हो। लगानीकर्ताहरू भन्छन(अब यो मौद्रिक नीतिको समीक्षा नआएसम्म बजारले बाटो लेलाजस्तो छैन। बैंकमा पैसा नै छैन भन्छन् लगानीकर्ताहरू। बैंकमा पैसा नभएपनि सेयर बजारमा अहिले धेरै लगानीकर्ताले सहकारीबाट कर्जा लिई लगानी गर्दै आएका छन।

धेरै लगानी कर्ताहरूको तीन(चार वटा सहकारीमा लगानी गरेका छन र चिनजान भएको हुन्छ, त्यहीँबाट सजिलै २०–२५ लाख ऋण लिन सक्छन। सेयर बजारमा सानो र मध्यम लगानी गर्न पैसाको अभाव छैन।

अहिले बजारमा पैसाको अभावभन्दा पनि नयाँ गुड न्युजको अभाव रहेको लगानीकर्ताको भनाइ छ। सेयर बजारमा स्वपुँजीले पनि चलेको छ। नयाँ सकारात्मक समाचार आए पैसा त जताबाट पनि आइहाल्छ। लगानी गर्नेले दक्षिण कोरिया, जापान,खाडी मुलुकबाट पनि लगानी गरेका छन् ।

लगानीकर्ताले आयात बढी भएर पनि तरलता अभाव भएको विश्लेषण गरिरहेका छन। सेयर बजारमा ट्रिक गर्ने र गोप्य सूचनामा चल्नेले सहजै करोडौ कमाउने सक्छन। तर लगानीकर्ता कहिल्यै घाटामा जादैनन। केही न केही मुनाफा आर्जन गरेकै हुन्छन।

prabhu mahalaxmi
kumari