stcnepal long ad
ime life insurance
global ime bank long

सेयर बजारमा ठुलो करेक्स

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

सेयर बजारमा कार्तिक २३ गते मंगलबार भारी अंकको गिरावट आएको छ। हिजो बजारमा ७९.७९ अंकको गिरावट आएको थियो । योसँगै नेप्से परिसूचक २७४९.८५ को विन्दुमा झरेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १६.०२ अंकको गिरावट आई ५१२.८२ को विन्दुमा तल झरेको छ । तर सेयर कारोबार रकम भने साँढे ६ अर्ब रुपैयाँ बढीको भएको छ।

तर सेयर विश्लेषकहरू हिजोको घटाइलाई करेक्सनकै रुपमा लिनुपर्ने बताउँछन्। दसैं अगाडि ७०० अंकले घटेको सेयर बजार छोटो समयमै ४०० अंकले बढेको थियो। त्यही भएर अस्ति र हिजो बजार घट्यो । त्यो स्वाभाविक करेक्सन नै हो। आत्तिहाल्नुपर्ने अवस्था छैन।

बजार पुनः लयमा फर्किने लगानीकर्ताहरूको विस्वास छ। अब बजार करेक्सन हुँदै नेप्से ३८०० को विन्दुसम्म पुग्न सक्छ। त्यसका लागि बजारमा सबै कुरा सहज बन्दै गएको पनि छ। बजार अब अगाडि नै बढ्ने विस्वास गरिएको छ।

बजार थोरै समयमै धेरै बढेकोले अस्ति र करेक्सन आएको हो। करेक्सनले नै बजारलाई परिपक्वा बनाउने हो। त्यसैले बजार घट्यो भनेर आत्तिनुभन्दा पनि धैर्य गर्न सके लाभदायी हुन्छ। बजार घट्दा ठूला लगानीकर्ता पस्ने भएकाले बजार फेरि माथि नै जाने छ।सेयर बजार घटबढ हुनु सामान्य प्रक्रिया नै हो।

बजार निरन्तर बढ्नु पनि राम्रो होइन, बेला–बेला हुने करेक्सनले बजार थप मजबुत हुन्छ। लगानीकर्ता धेरै निरास हुन पाउदैनन। सम्भवतः यही साताको अन्तिम दिन भोलीको कारोबारबाट बजार पुनः माथि नै जाने सक्ने अनुमान रहेको छ।

दसैं–तिहारअघि भारी अंकको उत्तरचढाव भएको नेपाली सेयर बजार चाडपर्व पछि बढ्ने धेरै लगानीकर्ताको आशा थियो। तर, अघिल्लो दिन सेयर बजारमा करिव २० अंकको गिरावट आएकोमा हिजो कार्तिक २३ गते सेयर बजारमा करिव ८० अंकको भारी गिरावट आएको थियो। सेयर बजारका नेतृत्वकर्ताहरु नयाँ तथा साना लगानीकर्ताले हल्लाको पछि लागेर सेयर बेचेकाले बजारमा भारी अंकको गिरावट आएको विश्लेषण गर्छन।

नवप्रवेशी लगानीकर्ताहरु अनावश्यक हल्लाको पछि लगेर प्यानिक भएर सेयर बेचेकाले बजार घटेको देखिन्छ। बजारमा नेपाल राष्ट्र बैंकले सेयर कर्जा कडाइ गर्ने र ब्याजदर बढाउने हल्ला भएसँगै लगानीकर्ताहरु प्यानिक भएर सेयर बेचेको देखिन्छ । मौद्रिक नीतिको समीक्षा मंसिरमा हुन्छ।

त्यसैले लगानीकर्ताहरु अनावश्यक हल्लाको पछि लागेर कारोबार गर्नुको कुनै औचित्य देखिदैन। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न फोरमहरुमा सेयर धितो कर्जाको कडाइ गर्दा सोचेको भन्दा पनि गलत परिणाम आएको बताइ रहेका छन्।

त्यसका साथै सीएनआई लगायत अन्य फोरमका पदाधिकारीहरुसँगको अन्तरक्रियामा ब्याजदर बढ्न नदिने प्रतिबद्धता गरेको कुरा पनि आएको छ। त्यसैले लगानीकर्ताहरु ससाना कुराहरुमा प्यानिक हुन् जरुरी छैन।

अर्कोतिर केही मिडियाहरुले राष्ट्र बैंकले सेयर धितो कर्जामा थप कडाइ गर्ने साथै ब्याजदर बढ्ने समाचार सम्प्रेषण भएसँगै लगानीकर्ताहरुले प्यानिक भएर सेयर बेचेकाले बजार घटेको पनि देखिन्छ। सेयर विश्लेषकहरू भन्छन– प्राविधिक विश्लेषणले सामान्य करेक्सन देखाएको छ।

तर, हिजो राष्ट्र बैंकको हल्लाले बजार अप्रत्याशित रुपमा घट्न पुगेको हो। त्यसैले लगानीकर्ताहरुले हल्लाको पछि नलागी अध्ययन गरेरमात्र लगानी गर्न सेयर विश्लेषकहरूको सुझाव रहेको छ।

वास्तवमा राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाइएको क्यापको समीक्षा नगर्ने र सीडी रेसियो बढ्ने हल्लाले गर्दा हिजो बजार घटेको स्पष्ट हुन्छ। सबै नियामक निकायहरूले बजारलाई अंकुश नलगाई स्वतन्त्र रूपमा चल्न दिनुपर्छ । यो कुरा सबै लगानीकर्ताहरूले उठाइरहेका पनि छन। तर, त्यसका बाबजुद समय(समयमा पुँजी बजारलाई प्रत्यक्ष रूपमा असर गर्ने नीतिहरु ल्याइ रहेको छ।

राष्ट्र बैंकबाट सेयर धितो कर्जा साथै ब्याजदरबारे आधिकारिक रूपमा कुनै कुरा नआए पनि हल्लाले गर्दा बजार घटेको छ । राष्ट्र बैंकले ब्याजदरमा हस्तक्षेप गरेसँगै तत्कालै ब्याजदर नबढ्ने देखिन्छ। अहिले नियामक निकायहरु नेतृत्वविहीन भएकाले केही खेलाडीहरुले अनावश्यक हल्ला गरेर बजारलाई अस्थिर बनाउन खोजेको छन।

हिजो नेप्से उपसमूहमा रहेका सबै १३ वटै समूहमा रातो पोतिएको थियो। हिजो वित्त समूह सर्वाधिक ५.२९ प्रतिशतले ओरालो लागेको छ । विकास बैंक समूह ५.२३ प्रतिशतले घटेको हिजो बैंकिङ समूहमा १.९१ प्रतिशत, व्यापार समूहमा २.०२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३।४५ प्रतिशत, जलविद्युत समूहमा ३.२१ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.५८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.८३ प्रतिशत, अन्य समूहमा ४.१२ प्रतिशत, लघुवित्त समूहमा २.८५ प्रतिशत, जीवन बीमा समूहमा २.४ प्रतिशत, म्युचुअल फन्ड समूहमा २.१२ प्रतिशत र लगानी समूहमा २.६८ प्रतिशतको गिरावट आएको देखिन्छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

हिजो नबिल बैंकको सर्वाधिक २९ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सासह ऊर्जाको २५ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको हिजो अपी पावरको २२ करोड ३६ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको २० करोड ९४ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको २० करोड ८९ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १८ करोड २९ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको १६ करोड ९८ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १६ करोड ६८ लाख रुपैयाँ, अरुण काबेली पावरको १६ करोड ५० लाख रुपैयाँ र युनाइटेड मोदी हाइड्रोपावरको १६ करोड २० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

हिजो तीन कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्। तेह्रथुम पावर, साहस ऊर्जा र मानुषी लघुवित्तका सेयरधनीहरु मालामाल भएका हुन्। यी तीनै कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। हिजो आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकका सेयरधनीहरुले सर्वाधिक गुमाए। यी दुवै कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएर नेगेटिभ सर्किट लागेको थियो।

prabhu mahalaxmi
kumari