stcnepal long ad
global ime bank long

सेबोन र नेप्सेमा नेतृत्व विहिनता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाण्डौं। सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) र फ्रन्ट लाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अहिले नेतृत्व विहीन छन्।

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष भीष्मराज ढुङ्गाना र नेप्सेका सीइओ चन्द्रसिंह साउदको नाम सर्वोत्तम सिमेन्टको गोल्डेन सेयर खरिद प्रकरणमा मुछिएसँगै अहिले दुवै निकायहरू नेतृत्वविहीन भएका छन्।

नियामक निकायहरूमा नेतृत्व हुँदा विभिन्न समस्याहरू सृजना भएको बजारसँग सम्बन्धित निकायहरू बत्ताउँछन्। दसैं अघि सेबोनमा अध्यक्ष नहुँदा धेरै कामहरू अड्किएका थिए। बोर्डको कार्यकारी प्रमुख नहुँदा आइपीओ, डीभेन्चर लगायत विभिन्न योजना तथा स्वीकृतिहरू हुन् सकेको थिएन।

निमित्त प्रमुख अधिकारमा धेरै कार्यहरू नपर्ने भएकाले बोर्ड अन्योलमा थियो। तर दसैं अघि बोर्डको बैठक बसेसँगै दुई वटा डीवेञ्चरको निष्कासन भएको छ, अब आइपिओ पनि धमाधम निष्कासन हुने प्रक्रिया थालिएको छ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) स्रोतका अनुसार बजारमा दैनिक कार्य सञ्चालन भइरहेको छ। दैनिक कारोबार भएतापनि अहिले नेप्सेमा सीइओ नभएकाले नयाँ विकासका गतिविधि हुनसकेको छैन।

अहिले नियामक निकायहरूमा नेतृत्व नहुँदा ब्रोकरहरूको थुप्रै कामहरू अड्किएको छ। श्रावणदेखि सञ्चालनमा आउने भनिएको ब्रोकरको टिएमएस एपीआई पोलिसी नआएकाले रोकिएको छ। ब्रोकरहरूले नयाँ शाखाको स्वीकृति रोकिएको छ।

अर्थ मन्त्रालयको लापरबाहीले गर्दा नेप्सेले सोचे अनुरूपको सेवा दिन सकेको छैन। बजार केही अंकले बढ्नेबित्तिकै विज्ञप्ति निकाल्ने नियामक निकायहरू मौन छन्। अहिले बजार ७००–८०० अंकले घट्दा पनि नियामक निकायहरूमा कोही नहुँदा चूप छन्। लगानीकर्ताहरूको यत्रो नोक्सान कसले बेहोर्छ भन्ने प्रश्न उठिरहेको छ।

अर्थ मन्त्रालयमा नयाँ नेतृत्वको गृहकार्य भइरहेको छ। बजारको नियामक निकायहरूमा नेतृत्वहरूको नियुक्तिलाई मन्त्रालयले अध्ययन गरिरहेको छ। छिट्टै नै पदाधिकारीहरू चयन हुने छन्।

IME Lifesidebar
kumari