citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल धितोपत्र बोर्डबाट एनआइसी एसिया सेलेक्ट–३० को १० करोड इकाई जारी गर्न अनुमति

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । एनआइसी एसिया क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्ड निष्कासन गर्न अनुमति पाएको छ । क्यापिटलले ‘एनआइसी एसिया सेलेक्ट–३०’ को १० करोड इकाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

प्रतिइकाई १० रुपैयाँको दरले म्युचुअल फन्ड बिक्री हुनेछ । यस फन्डको कोष व्यवस्थापक एनआइसी एसिया क्यापिटल रहेको छ । एनआइसी एसियाको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो चौथो म्युचुअल फन्ड योजना हो ।

हाल एनआइसी एसिया ब्यालेन्स्ड फन्ड, एनआइसी एसिया ग्रोथ फन्ड र डाइनामिक डेब्ट फन्ड सञ्चालनमा रहेका छन् ।

himalayan life insurance
igi long