citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

नेप्सेमा एकैदिन यी ३ वटा नयाँ कीर्तिमान कायम

kumari bank
Prabhu Insurance Long Ad
global bank
आर्थिक सञ्जाल । सोमबार,१९ फागुन २०७६

काठमाडौं । सेयर बजारमा दिनहुँजसो नयाँ रेकर्ड बन्न थालेको छ । सोहीक्रममा आइतबार सेयर बजारमा ३ वटा रेकर्ड कायम भएको छ । यस दिन सेयर कारोबार संख्या, कारोबार रकम तथा किनबेच भएका सेयर कित्ता ३ वटैमा नयाँ कीर्तिमान कायम भएको हो । यस दिन ४ अर्ब ८४ करोड ७४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो अहिलेसम्मकै उच्च कारोबार हो ।

यसैगरी, ३९ हजार २८९ वटा कारोबार भयो । नेप्सेका अनुसार यो पनि नयाँ रेकर्ड हो । यस्तै, यस दिन १ करोड २५ लाख १७ हजार २१७ कित्ता सेयर खरिदबिक्री भएको छ । यो पनि नेपाली पुँजी बजारकै इतिहासमा सबैभन्दा उच्च हो । यसरी आइतबार एकै दिन नेप्सेमा ३ वटा नयाँ कीर्तिमान कायम भएको छ ।

यस दिन कुल १ लाख ६४ हजार ४७२ वटा कारोबार आदेश भएका थिए । १६ हजार ७५२ जना लगानीकर्ता कारोबारमा संलग्न रहेको नेप्सेको भनाई छ । अनलाइनबाट मात्रै २ अर्ब १५ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ ।

gold
himalayan life insurance long ad