citizens life insurance long ad
stcnepal long ad

सेयर बजारमा चार दिनपछि फेरि नयाँ रेकर्ड कायम

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ऐतिहासिक कीर्तिमानी उचाई कायम गर्दै लगातार घटिरहेको सेयर बजारमा चार दिनपछि फेरि रेकर्ड कायम गरेको छ । सेयर बजार सूचकांक नेप्से परिसूचक १३ दशमलव ०७ अंकले बढेर २१७८ दशमलव ५७ विन्दूमा पुगेको हो । गत मंसिरयता २००० नाँघेको सेयर बजारमा बढ्ने क्रम रोकिएको छैन ।

परिणामस्वरुप बुधबार नेप्से परिसूचक अहिलेसम्मकै उचाइमा पुगेको छ । बुधबार ९आज० चार अर्ब ४२ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भइरहेको छ ।

९ अर्बसम्म पुगेको कारोबारमा चार अर्ब रुपैयाँको कारोबार हुनुलाई कारोबारमा आएको संकुचनको रुपमा हेरिएको छ । कारोबारमा आएका १२ समूहका परिसूचक मध्ये दुईवटा समूहका परिसूचक घटेका छन् ।

ट्रेडिङ र जलविद्युत समूहका परिसूचकमा गिरावट आएको छ । ट्रेडिङ समूहको परिसूचक करिब २१ अंकले घटेको छ, भने जलविद्युत समूहमा १२ अंकले गिरावट आएको छ ।

कारोबारमा आएका मध्ये माइक्रोफाइनान्स, निर्जीवन बीमा र विकास बैंक समहूमा सबैभन्दा बढी अंक वृद्धि भएको देखिन्छ । माइक्रोफाइनान्स समूहमा १।६८ प्रतिशतले वृद्धि भएको छ । निर्जीवन बीमामा ११२.६६ अंकको वृद्धि भएको छ भने विकास बैंक समूहमा करिब २३ अंको वृद्धि छ ।

IME Life
kumari