भिभान्ता होटल काठमाडौंमा सनराइज बैंकका ग्राहकलाई विशेष छुट
काठमाडौं । होटल भिभान्ता काठमाडौंमा सनराइज बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् । बैंकले होटल क्षेत्रमा विभिन्न छुट दिने उद्देश्यका साथ होटल भिभान्ता काठमाडौंसँग सम्झौता गरेको हो । सो सम्झौता अनुसार बैंकका ग्राहकहरुले भिभान्ता काठमाडौंको म्यान्ट र अकारी रेष्टुरेन्टमा खाना र बेबरेजको सनराइज बैंकको क्रेडिट तथा डेबिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन् ।
बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षाअनुरुप नबिनतम् सेवा सुबिधाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।























