सिंगटी हाइड्रोले आइपीओ ल्याउने

आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सिंगटीले ४३ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ । कम्पनीले ४३ लाख ५० हजार कित्ता आइपीओ ल्याउन लागेको हो । सिंगटीको आइपीओमा मेगा क्यापिटल मार्केट्सले बिक्री प्रबन्धकको काम गर्नेछ ।
केयर रेटिङ नेपालले सिंगटीको आइपीओलाई औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ रेटिङ दिएको छ । यस हाइड्रोपावर आयोजनाको कुल लागत ४ अर्ब ७५ करोड २ लाख रुपैयाँ रहेको छ । प्रतिमेगावट लागत भने १९ करोड रुपैयाँ छ ।
हाल यस हाइड्रोले २५ मेगावटको आयोजना दोलखा जिल्लामा निर्माण गरिरहेको छ । आइपीओपछि कम्पनीमा पुँजीको संस्थापक र सर्वसाधारणको पुँजी संरचना ७०.३० हुनेछ । सिंगटी हाइड्रो इनर्जी लिमिटेड २०१० मा स्थापना भएको कम्पनी हो ।
९ फागुन २०७६, शुक्रवार १६:३७ बजे प्रकाशित