आगामी सातादेखि समाज लघुवित्त र लिवर्टी इनर्जीको आईपीओ कारोबारमा आउने
/fhwfgLsf] OGb«rf]sdf gfu k~rdLsf nfuL gfusf] kmf]6f] a]Rb} dlxnf . tl:j/ M lah' dxh{g, sflGtk'/
काठमाडौं । समाज लघुवित्त र लिवर्टी ईनर्जी कम्पनीको आईपीओ आगामी सातादेखि कारोबारमा आउने भएको छ । दुबै कम्पनीहरुले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर सूचीकरण प्रकृया अघि बढाएसँगै आगामी सातादेखि कारोबारमा आउने भएको हो ।
यी दुबै कम्पनीले भदौ १५ गते एकै दिन आईपीओ बाँडफाँट गरेका थिए । नेप्सेमा सूचीकरणका लागि निवेदन दिईसकेको र आगामी सातादेखि कारोबारमा आउने जानकारी कम्पनीहरुले दिएका हुन ।
दुबै कम्पनीको आवश्यक कागजात सहितको निवेदन प्राप्त भई सूचीकरण प्रकृया अघि बढी सकेको नेप्सेले जानकारी दिएको छ । नेप्सेका अनुसार दुबै कम्पनीको शेयर आगामी साताको पहिलो दिनसम्म सूचीकरण गराईसक्ने तयारी छ ।
समाज लघुवित्तले गत भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । समाजले सर्वसाधारणका लागि छुट्याएको ८६ लाख रुपैयाँ बराबरको शेयर विक्री गरेको हो ।
अब धितोपत्र दोस्रो बजारमा सूचीकृत हुदाँ संस्थापक समेतको गरी समाजको कुल २ लाख कित्ता शेयर सूचीकृत हुनेछ ।
समाज लघुवित्तमा संस्थापक तर्फ ५७ प्रतिशत अर्थात १ लाख १४ हजार कित्ता र सर्वसाधारण तर्फ ४३ प्रतिशत दरको ८६ हजार कित्ता शेयर कायम छ । समाज लघुवित्तले जारी पूँजी अनुसारको २ करोड रुपैयाँ पूँजी सर्वसाधारणलाई शेयर जारी गरी पु¥याएको हो ।
त्यस्तै लिवर्टी ईनर्जीले संस्थापक र स्थानिय सहित सर्वसाधारणतर्फको गरी कुल १ करोड ५० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गराउनेछ ।
सर्वसाधारणलाई आईपीओ विक्रीपश्चात लिवर्टी ईनजीको चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । चुक्तापूँजीमा संस्थापक तर्फ ७५ प्रतिशत , सर्वसाधारण शेयरधनीतर्फ २५ प्रतिशत शेयर स्वामित्व कायम रहेको छ ।
लिवर्टीले प्रभावित स्थानियका लागि साउन ७ गतेदेखि साउन २१ गतेसम्म र सर्वसाधारणका लागि भदौ ३ गतेदेखि ७ गतेसम्म आईपीओ विक्री गरेको थियो ।























