citizens life insurance long ad
stcnepal long ad

सेयर बजारमा सिद्धार्थ इक्विटीले १२.२६% ले बढायो लगानी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ इक्विटी फन्डले साउन मसान्तसम्म सूचीकृत कम्पनीको सेयरमा १ अर्ब २५ करोड ९५ लाख २२ हजार रुपैयाँ लगानी गरेको छ । १ महिना अवधिलाई आधार मान्दा यसको सूचीकृत कम्पनीको सेयरमा लगानी १२.२६% ले बढेको छ ।

असार सम्ममा यस फन्डले १ अर्ब १२ करोड १८ लाख ७१ हजार रुपैयाँ सेयरमा लगानी गरेको थियो । यसअवधिमा फन्डले ७५ वटा कम्पनीको सेयरमा लगानी गरेको छ ।

सबैभन्दा धेरै लगानी नेपाल बैंकको सेयरमा रहेको छ । यस बैंकको ३ लाख २९ हजार ८७४ कित्ता सेयरमा ९ करोड ४० लाख ४१४ हजार रुपैयाँ लगानी रहेको छ । यता, साउन मसान्तसम्म आइपुग्दा प्रतिइकाई खुद मूल्य ९न्याभ० भने ४३ पैसाले घटेर १० रुपैयाँ ७४ पैसामा आएको छ ।

असारमा यसको न्याभ ११ रुपैयाँ १७ पैसा थियो । १ महिनामा बैंक मौज्दात २१ करोड ४७ लाख ३६ हजार रुपैयाँले घटेर ११ करोड १६ लाख २१ हजार रुपैयाँमा आएको छ । असारमा बैंकमा ३२ करोड ६३ लख ५७ हजार रुपैयाँ मौज्दात रहेको थियो ।

IME Life
kumari