stcnepal long ad
himalayan life insurance long ad

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १२औं वार्षिक साधारण सभा आज

लाभांश पारित गरिँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले १२औं वार्षिक साधारण सभा आज (पुस १२) गते बस्दै छ । साधारण सभामा गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

बोनस शेयर वितरण पश्चात् कायम हुने चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पनि साभाले पारित गर्नेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

साधारण सभामा चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, शेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना महिला सदस्य सहित ६जना सदस्य निर्वाचन गर्ने तथा सञ्चालक समितिका सदस्यको बैठक भत्ता लगायतका सुविधा निर्धारण गर्नेछ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २१ गते बुक क्लोज गरिसकेको छ । मंसिर २० गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउन र साधारण सभामा सहभागिता जनाउन पाउने छन् ।
साधारण सभा, आम्रापाली ब्यांकेट, थिरबम सडक, काठमाडौंमा बिहान ९ बजे शुरु हुनेछ ।