stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

कृषि विकास बैंकको अठारौं वर्षिक साधारण सभा पुस २९ गते

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कृषि विकास बैंकले पुस २९ गतेका लागि अठारौं वर्षिक साधारण सभा बोलाएको छ । साधारण सभामा  बैंकले ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यस्तै, कृषिले नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।

साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

साधारण सभा प्रयोजनार्थ बैंकले पुस १६ बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १५ गते तमु ल्होसारको अवसरमा सार्वजनिक विदा परेकोले पुस १४ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

साधारण सभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

prabhu mahalaxmi
kumari bank
kumari