citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

आजदेखि लिवर्टी इनर्जीको हकप्रद सेयरमा आवेदन दिन सकिने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । लिवर्टी इनर्जीको ५० प्रतिशत हकप्रद सेयरमा आज मंसिर १६ गते आइतबारदेखि आवेदन दिन सकिनेछ ।

कम्पनीले १ः ०.५० अनुपातमा ७५ लाख कित्ता हकप्रद सेयर निष्कासन जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ७५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।

उक्त हकप्रद सेयरका लागि यसले कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, कात्तिक २० गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । यो हकप्रद सेयरमा पुस ७ गतेसम्म आवेदन दिन पाइनेछ ।

यसमा प्रभु क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी काठमाडौंबाट आवेदन दिन सकिनेछ ।

यस्तै, प्रभु बैंकको बेशिसहर, लमजुङ शाखा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको भोटेओडार, लमजुङ शाखा र ग्लोबल आइएमई बैंकको दोर्दी, लमजुङ शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ ।

हाल यसको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।

 

 

gold
himalayan life insurance long ad