evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

शेयर बजारमा दोस्रो सर्किट, ४० मिनेटका लागि कारोबार बन्द

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज ९मंगलबार० शेयर बजारमा अप्रत्याशित रुपमा बृद्धि भएको छ । नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि पुनः शेयर बजार ४० मिनेटका लागि कारोबार बन्द भएको छ ।

आज बजार खुलेको एक मिनेटमै पहिलो सर्किट ब्रेक लगेर २० मिनेटका लागि कारोबार बन्द भएको थियो । जहाँ एक मिनेटमै ८२ दशमलव ४८ अङ्कले २१३५ दशमलव ८७ को बिन्दुमा अडिएको थियो ।

दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०२ दशमलव ६८ अङ्कले बढेर २१५६ दशमलव ०७ बिन्दुमा अडिएको छ ।

शेयर बजारमा एक घण्टाअघि ४ प्रतिशतले नेप्से परिसूचक बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ । भने, २ घण्टाअघि ५ प्रतिशतले नेप्से परिसूचक बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ ।

त्यसै गरी ६ प्रतिशतले परिसूचक बढेमा दिनभरिको कारोबारमा ब्रेक लाग्ने गर्दछ । अर्थात् दिनभरको कारोबार नै बन्द हुने गर्दछ ।

igi long
himalayan life insurance long ad