citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

पाल्पा सिमेन्टले आईपीओ ल्याउने

 नागरिक लगानी कोषले प्रत्याभूति गर्ने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको सेयर प्रत्याभूति गर्ने भएको छ ।सेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पाल्पा सिमेन्टको तर्फबाट कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले हस्ताक्षर गरेका थिए ।

पाल्पा सिमेन्टकोप्रति कित्ता एक सय अङ्कित मूल्यमा ७५ लाख कित्ताबराबर हुन आउने ७५ करोडको शेयर कोषले प्रत्याभूति गर्ने छ ।

सो सम्झौता कार्यक्रममा कोषका कामु नायब कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र सिमेन्ट इण्डस्ट्रिजका उच्च व्यवस्थापक सहभागी थिए । यो भन्दा अघि पनि कोषले विभिन्न कम्पनीको शेयर प्रत्याभूति गर्दै आएको छ ।

himalayan life insurance
igi long