citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

वाइवाई चाउचाउले पनि आइपीओ जारी गर्ने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । वाइवाई चाउचाउ (वाइवाई नुडल्स) पनि अब सेयर बजारमा सूचीकृत हुने भएको छ । यो चौधरी ग्रुपको लोकप्रिय उत्पादन हो ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले अब वाइवाई नुडल्सले पनि आइपीओ ल्याउने तयारी गरेको बताएका हुन् ।

उनले टुवीट गर्दै भनेका छन्, ‘नेपालमा आइपीओ जारी गर्नका लागि हामीले तयारी गरिरहेका छौं ।’ लामो समयदेखि वाइवाइ जस्ता राम्रा नाफा कमाएका कम्पनीहरु पुँजी बजारमा सूचीकृत हुनुपर्ने आवाज उठिरहेको थियो ।

तर कम्पनी भने यसअघि आइपीओमा आउन तयारी भएको थिएन । लामो समयसम्म बजारमा लगभग एकछत्र राज गरेको यस चाउचाउलाई पछिल्लो समय भने करेन्ट चाउचाउले राम्रै च्यालेन्स दिइरहेको देखिन्छ । वाइवाई विदेशमा थुप्रै मुलुकहरुमा समेत लोकप्रिय नुडल्समा पर्छ ।

himalayan life insurance
igi long