सिंगटी हाइड्रो इनर्जीको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं। सिंगटी हाइड्रो इनर्जीको लिलामी सेयरमा आवेदन दिने आज मंगलबार चैत २० गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यो लिलामीमा आवेदन दिन सकिनेछ ।
सिंगटी हाइड्रोले चैत १२ गतेदेखि ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।
यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ ।
यसअघि कम्पनीले फागुन २ गतेदेखि २२ गतेसम्म १ करोड ४५ लाख कित्ता १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।