citizens life insurance long ad
stcnepal long ad

आज बिहान सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड हुँदै

साढे ९ लाखको हात रित्तो हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ आज (फागुन २५ गते) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बाँडफाँड शुक्रबार बिहान १० बजे हुनेछ ।

यसमा साढे ९ लाखको हात रित्तो हुने भएको छ । कम्पनीको आईपीओमा १० लाख १५ हजार २११ जनाले आवेदन दिएकोमा ९ लाख ५९ हजार ६९० जनाको हात खालि हुनेछ ।

कम्पनीले स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

आइपीओमा अन्तिम दिनसम्म ५ करोड ३७ लाख ७७ हजार ८७० कित्ता बराबरको १९ अर्ब ४० करोड ८४ लाख ३३ हजार रुपैयाँ संकलन भएको हो ।

माग भन्दा १९.३७ गुणा बढी आवेदन परेको हुँदा आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसमा ५५ हजार ५२१ जनाले ५०/५० कित्ताका दरले आईपीओ हात पार्ने छन् । सो मध्यका २ जनाले भने थप १–१ कित्ता गरी ५१ कित्ता शेयर पाउनेछन् ।

कम्पनीले बुक विडिल्ङको माध्यमबाट सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिएका हुन् । कम्पनीको आईपीओमा न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन माग गरीएको थियो ।

शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी भन्ने जनाउछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

IME Life
kumari