stcnepal long ad
Himalayan bank

नेपाल ल्युब आयल लिमिटेडको वित्तीय विवरण सार्वजनिक

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको नेपाल ल्युब आयल लिमिटेडले वित्तीय विवरण सार्वजनिक गरेको छ ।  कम्पनीले ६ महिनामा ७८ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत वर्षको यसैअवधिमा कम्पनी १० लाख रुपैयाँ घाटामा थियो ।सञ्चालन आम्दानी बढेसँगै कम्पनी नाफामा गएको हो । गत वर्ष यस कम्पनीले ३७ करोड ८७ लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको थियो ।

अहिले बढेर ५१ करोड ७६ लाख रुपैयाँ पुगेको छ। यसको वित्तीय खर्च भने घटेको छ। २ करोड ५ लाख रुपैयाँ रहेको वित्तीय खर्च अहिले घटेर १ करोड ८४ लाख कायम भएको छ ।हाल यस कम्पनीको चुक्ता पुँजी ६ करोड ६ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

यसको रिटेन्ड अर्निङमा २२ करोड ८२ लाख रुपैयाँ जम्मा छ । यसको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ९४ पैसा देखिएको छ । प्रतिसेयर नेटवर्थ भने ६३६ रुपैयाँ रहेको छ ।

himalayan life insurance
igi long