citizens life insurance long ad
stcnepal long ad

नेपाल राष्ट्र बैंकले १२ अर्ब २३ करोड रुपैयाँ बढीको आन्तरिक ऋण नवीकरण गर्ने

आउँदो मंगलबार बोलकबोल

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब २३ करोड रुपैयाँ बढीको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ।

राष्ट्र बैंकले २८ दिने ५ अर्ब रुपैयाँ र ९१ दिने ७ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी क्रमशः २०८० चैत ६ गते र २०८१ जेठ ८ गते परिपक्व हुनेछन्। यी ट्रेजरी बिल फागुन ८ गते जारी हुनेछ।

यसको बोलकबोल आउँदो मंगलबार फागुन ८ गते दिउँसो ३ बजे हुनेछ। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

IME Life
kumari