citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

मौलाकाली केबलकारले साधारण सभा डाक्यो

आइपीओ निष्काशन सहित यस्ता छन् अन्य एजेण्डा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । मौलाकाली केबलकार लिमिटेडले आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित आगामी पुस २७ गते शुक्रबार सातौं वार्षिक साधारण सभामा गर्ने भएको छ ।

साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय गैंडाकोट, नवलपरासीमा विहान ९ बजेदेखि सुरु हुनेछ । कम्पनीको पुस ४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

साधारण सभाले गत आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरणसहितको लेखापरीक्षकको प्रतिवेदनमा छलफल गरि पारित गर्नेछ ।

त्यसैगरी, सोही सभाले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सञ्चालक समिति चयन तथा लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

himalayan life insurance
igi long