बिग इन्डस्ट्रिजले आइपीओ जारी गर्ने
काठमाडौं । बिजनेस इन्टरेस्ट ग्रुप अफ इन्डस्ट्रिज लिमिटेड (बिग)ले आइपीओ प्रस्ताव सहित साधारण सभा बोलाएको छ ।
साधारण सभा पुस २४ गते यति इभेन्ट्स बसुन्धरा, काठमाडौंमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । कम्पनीले सभामा आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
त्यसैगरी, सञ्चालक नियुक्त गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धमा पनि छलफल हुनेछ ।
स्वस्थ र स्वच्छ कृषि उत्पादनहरु मार्फत समाजको सेवा गर्न र विविध क्षेत्रमा लगानी गरेर उद्यमशीलता संस्कृति प्रवर्द्धन गर्न यो कम्पनी स्थापना भएको जनाएको छ ।























