प्रि–ओपन सेसनः सामान्य अंकले घट्यो नेप्से

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव ४६ विन्दुले घटेको छ ।
यससँगै नेप्से सूचक १८३७ दशमलव २४ अंकमा आएको छ । यस सेसनमा २ लाख २० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल १५ कम्पनीको ३ सय ७० कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा कुल १९ वटा कारोबार भएको हो । ६ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।