stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल इलेक्ट्रोनोक पेमेन्ट सिस्टम्स्ले साधारण सभा बोलायो 

प्रिमियममा आइपीओ जारी गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इलेक्ट्रोनोक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स) ले प्रिमियममा आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको छ ।

कात्तिक २३ गते आरण्य बुटिक होटल, हात्तीसार, काठमाडौंमा दिउँसो ४ बजेदेखि साधारण  सभा सुरु हुनेछ । साधारण सभामा यस कम्पनीले प्रिमियम मूल्य सहित आइपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश गर्नेछ ।

यसका साथै, गत  आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५३ % नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि रहेको छ ।

आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

prabhu mahalaxmi
kumari