macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेपाल वेयर हाउजिड्ग कम्पनी लिमिटेडले आइपिओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपाल वेयर हाउजिड्ग कम्पनी लिमिटेडले आइपिओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

कम्पनीले सर्वसाधारणका लागि प्रति शेयर १०० रुपैयाँ अङ्कित मूल्यमा १३ लाख ६५ हजार कित्ता साधारण शेयर सार्वजनिक निष्कासन गर्न नेपाल धितो पत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको हो। कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

पहिलो चरणमा कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासनको १० प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरूलाई छुट्ट्याई बाकी रहेको सर्वसाधारणहरूको लागि निष्कासन गर्नेछ।

कम्पनीले हालसम्म सुनसरी र पर्सा जिल्लामा ४० हजार मेट्रिक टन क्षमताको साइँलो सहितको वेयरहाउस निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको र कपिलवस्तु जिल्लामा १५ हजार मेट्रिक टन क्षमताको साइँलो जडान भइरहेको र सो समेत पौष महिना सम्ममा सञ्चालनमा आउने कम्पनीले बताएको छ।

१४ असोज २०८०, आइतवार २०:४९ बजे प्रकाशित

NTA long ad